
तुलसीपुर, वैशाख २९ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ ले अति विपन्न दलित समुदायका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
नगरप्रमुख घनश्याम पाण्डेले वडाका करिब तीन सय विद्यार्थीहरुलाई कापी र कलम वितरण गरेका हुुन् । कार्यक्रममा सामग्री वितरण गर्दै नगरप्रमुख पाण्डेले पैसाका अभावमा पढ्न नपाउने वातावरणको अन्त्य गर्ने बताए ।
वडाध्यक्ष रामवहादुर योगीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्वर १५ का वडाध्यक्ष लक्ष्मण चौधरी, कार्यपालिका सदस्य देवराज विश्वकर्मा, जानका रेग्मी, नेकपा एमाले दाङका सचिवालय सदस्य पदम केसी लगायतले बोलेका थिए ।












प्रतिक्रिया