
काठमाडौँ, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टू वान’ भेटवार्ता भएको छ ।
काठमाडौँको गौशलास्थित होटल द्वारिकाजमा एक्लाएक्लै भेटवार्ता भएको हो। भेटवार्ता जारी छ । दुई प्रधानमन्त्रीको गोप्य भेटपछि प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्ता हुनेछ।
दुई पक्षीय भेटपछि संयुक्त वक्तव्य जारी गर्ने तयारी छ। मोदीले पूर्वप्रधानमन्त्रीहरूसँग पनि त्यहीँ भेटवार्ता गर्दैछन् ।
दुबै प्रधानमन्त्रीले संखुवासभामा बन्न लागेको ९०० मेगावाटको अरूण तेस्रोको शिलान्यास पनि रिमोटमार्फत् गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी मोदीको सम्मानमा रात्रीभोजको आयोजना गरेका छन्।















प्रतिक्रिया