२२ कार्तिक २०८३, आइतबार

ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, २८ वैशाख । सुनिल स्मृति गाउँपालिका–४ मिझिङमा शुक्रबार भएको ट्रयाक्टर दुर्घटनामा दुई  ज्यान गएको छ ।

सुलीचौरबाट खुंग्रीतर्फ जाँदै गरेको लु ३ प ७१५६ नंंको ट्रयाक्टर धनगढीबाट लिवाङतर्फ खेलाडी लिएर आउँदै गरेको ना २ ख ५२५ नंको बससँग ठोक्किएर दुर्घटना हुँदा गाउँपालिका–४ का २८ वर्षीय शिवबहादुर वली र २९ वर्षीय तारा रोका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका दाङका किरण राना मगर घाइते भएकामा सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि दाङ पठाइएको छ । –रासस