२२ कार्तिक २०८३, आइतबार

कुश्मामा बस दुर्घटना, १४ यात्रु घाइते

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, २८ वैशाख । पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लामा केही बेरअघि भएको बस दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् ।

बागलुङदेखि पोखरातर्फ जाँदै गरेको ग ३ ख ७७४४ नंको यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार १४ यात्रु घाइते भएका हुन् । घाइतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको बस एउटै दिशाबाट गएको अर्को बसलाई उछिन्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा परेको बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । –रासस