२२ कार्तिक २०८३, आइतबार

युवा संघले देश विकासमा युवा परिचालन गर्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २८ वैशाख । युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रभातविक्रम कटुवालले अब देशको विकासका लागि युवालाई परिचालन गर्ने बताउनु भएको छ ।

नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले बिहीबार सूर्यविनायकस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सरकारी कार्यक्रमको मात्र भर नपरी अब युवालाई विकासको काममा परिचालन गरी सरकारको लक्ष्य पूरा गर्न सघाउने बताउनु भयो ।

उहाँले १६ वर्ष माथिका प्रत्येक युवालाई रोजगारी दिन हातहातमा सीप र प्रविधि पु-याउने गरी अभियान शुरु गर्न लागेको बताउनु भयो ।

कार्यक्रममा एमाले भक्तपुर जिल्ला कार्यवाहक अध्यक्ष बचन देउजा, युवा संघ सचिवालय सदस्य निरेसलाल सिंह, केन्द्रीय सदस्य सञ्जीव रोकाहा, विनोद केसी, दीपक थापा लगायतले आगामी जेठ १ गते हुने युवा संघ नेपालको २८औँ स्थापना दिवस सफल पार्न आह्वान गर्नुभयो । –