नयाँ दिल्ली, २७ बैशाख । जारी आईपीएलमा दिल्ली डेयर डेभिल्सले सनराइजर्स हैदरावादसमक्ष १८८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार राति घरेलु मैदानमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८७ रन बनायो । दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक अविजित १२८ रनमा बनाए । त्यस्तै, हर्षल पटेलले २४ तथा जसन रोयले ११ रन जोडे ।
यता हैदरावादका शकिब अल हसनले २ तथा भुवनेश्वर कुमारले १ विकेट लिए ।















प्रतिक्रिया