२२ कार्तिक २०८३, आइतबार

घरेलु मदिरा नियन्त्रण गर्न सुर्खेतमा प्रहरीको ‘एरिया मदिरा नियन्त्रण अपरेसन’

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २७ वैशाख । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल प्रहरीले ‘एरिया मदिरा नियन्त्रण अपरेसन’ सञ्चालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी युनिटमा कार्यरत नेपाल प्रहरीले ६ महिनादेखि अपरेशन थालेको छ । कर्णाली प्रदेशमा अवैध रुपमा उत्पादन, बिक्री एवं वितरण भइरहेको मदिरा नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्न अपरेशन सञ्चालन गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

“वीरेन्द्रनगर नगरपालिकासहित यहाँका नौवटै स्थानीय तहमा अपरेशन सञ्चालन गरेका छौँ, यसले घरेलु मदिरा नियन्त्रणमा बल पुग्नेछ”, उहाँले भन्नुभयो । अपरेशनका क्रममा घरेलु मदिरा र त्यसका लागि प्रयोग गरिएका भाँडावर्तन बरामद गरिएको छ ।

प्रहरी उपरीक्षक चतुर्वेदीले हालसम्म १३ हजार घरेलु मदिरा नष्ट गरिएको बताउनुभयो । पछिल्लो केही समययता प्रहरीले अपरेशन क्लिन–२ नामबाट ‘अवैध मदिरा नियन्त्रण’ अभियान सञ्चालन गर्दैआएको छ । –रासस