३ कार्तिक २०८३, मंगलबार

रियल मड्रिड सेभिल्लासँग पराजित, एउटा आत्मघाती गोल

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २७ वैशाख । सिजनको सुरुमा खराब सुरुवात गरेको रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सिजनको अन्तिममा पनि खराब प्रदर्शन नै गरेको छ ।

तेस्रो स्थानको रियल मड्रिड लिग अन्तर्गत बुधबार राति भएको खेलमा सेभिल्लासँग ३–२ ले पराजित भयो । अवे मैदानमा भएको खेलमा रियल मड्रिडका कप्तान सर्जिओ रामोसले गोल गरे भने आत्मघाती गोल पनि गरे ।

सेभिल्लाका लागि बेन यड्डर र लायुनले गोल गरे भने रामोसले आत्मघाती गोल उपहार दिए । रियलका लागि मायोरल र रामोसले गोल गरे ।

२६ औँ मिनेटमा बेन तथा ४५ औँ मिनेटमा लायुनले गोल गरेपछि सेभिल्लाले पहिलो हाफमा २–० को अग्रता लियो । ८४ औँ मिनेटमा रामोसले आत्मघाती गोल गरेपछि सेभिल्लाको अग्रता ३–० मा पुग्यो ।

तर रियलले त्यसपछि खेलमा फर्किने संकेत गर्‍यो । उसका लागि ८७ औँ मिनेटमा मायोरलले गोल गरे भने इन्जुरी समयको पाँचौँ मिनेटमा पाएको पेनाल्टीमा रामोसले गोल गरे । तर रियल मड्रिड ३–२ ले पराजित भयो ।

रामोसले यो खेलमा इन्जुरी समयमा पाएको पेनाल्टी अघि पनि पेनाल्टी पाएका थिए । त्यसमा भने गोल गर्न सकेनन् ।

च्याम्पियन्स लिगको फाइनलको तयारीमा रहेको रियल मड्रिड चोटग्रस्त रोनाल्डो बिना मैदान उत्रिएको थियो । हारपछि तेस्रो स्थानको रियलको दुई खेल बाँकी हुँदा ७५ अंक भएको छ । – एजेन्सी