२२ कार्तिक २०८३, आइतबार

पाँच किलो चरेशसहित युवक पक्राउ

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, २६ वैशाख । प्रतिबन्धित लागुऔषध चरेशसहित पक्राउ परेका एक युवकलाई बुधबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।

पर्साको भिष्वाबाट पाँच किलो चरेशसहित पक्राउ परेका कालिकामाई गाँउपालिका–१ तिनडोवियाका चन्दन पटेललाई प्रहरीले सार्वजनिक गरेको हो ।

बिआर २२ सी ०४३२ नं.को भारतीय मोटरसाइकलमा भारततर्फ जाँदै गरेका पटेललाई गएराति जाँच गर्दा १० वटा प्याकेटमा रहेको पाँच किलो चरेश बरामद भएकोे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । पक्राउ परेका पटेलमाथि लागुऔषध मुद्दा चलाउने तयारी भएको उहाँको भनाइ छ । –रासस