२२ कार्तिक २०८३, आइतबार

कर्णाली प्रदेशले बुझायो प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कर्णालीको विकासको लागि गम्भिर रहेको बताएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत सर्वदलीय जनप्रतिनिधीहरुको तर्फबाट बुधबार बालुवटारमा ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले कर्णालीको विकासका लागि सरकार दत्तचित्त भएर लाग्ने समेत बताए ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाही, संघीय सांसद जनार्दन शर्मा, प्रदेशका अर्थ मन्त्री प्रकाश ज्वालालगायतको समूहले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा भौतिक पूर्वाधार, हवाइ यातायात, सिंचाइ, उर्जा तथा विद्युतिकरण, संचार, बस्ती विकास तथा पर्यटन, खोनपानी, शिक्षा, स्वास्थ्य र कृषिलगायतका बिषयमा बजेट बिनियोजन गर्न प्रधानमन्त्रीसँग माग गरिएको छ ।

प्रधानमन्त्री ओलीले कर्णालीलाई विकासको मुलधारमा ल्याउन यथासक्य बजेट विनियोजन गर्ने आश्वासन दिएका छन् ।