
काठमाडौँ, २६ बैशाख । कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन् ।
२०६२ साल माघ १२ गते काठमाडौँ नयाँपाटी–८ पण्डित गाउँस्थित रामकृष्ण पण्डितको निर्माणाधिन घरमा काम गर्ने इलाम चुलाचुली–८ का १८ वर्षका महेश राईको हत्या भएको थियो ।
राईको उनकै तीन जना साथी मिलेर हत्या गरेको प्रहरीले जनाएको छ । सोही घटनामा फररा रहेका ईलाम माङसेबुङ गाउँपालिका– ६, का २८ वर्षका अदिप कुमार शाहीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्ध बुझाईको सिआइबीले जनाएको छ ।












प्रतिक्रिया