२२ कार्तिक २०८३, आइतबार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा नुनिया पक्राउ

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, २६ वैशाख । बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी सम्सी गाउँपालिका–४ बाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सम्सी गाउँपालिका–४ का लक्ष्मेश्वर महतो नुनिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । स्थानीय १५ वर्षीया बालिकालाई बलात्कार गरेको सम्बन्धमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।

पक्राउ परेका नुनियामाथि जबर्जस्तीकरणी मुद्दा चलाएको छ । उनलाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई म्याद थप लिई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान कारबाही अगाडि बढाएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो । –रासस