२२ कार्तिक २०८३, आइतबार

हावाहुरीले विद्युत्को तार चुडाउँदा करेन्ट लागेर एक महिलाको मृत्यु

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २६ वैशाख । झापाको कचनकवल गाउँपालिका–७ मा बुधबार बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वालुवाडी निवासी ६१ वर्षीया हर्कमाया लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान आएको हावाहुरीले पानी तान्ने मोटरमा जडान गरिएको तार छिनेपछि लागेको करेन्टले गम्भीर घाइते बनाएपछि उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल ल्याइएको र उपचारकै क्रममा उहाँको मृत्यु भएको होे । –रासस