
सर्लाही, २६ बैशाख । छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोडैता नगरपालिका–४ बस्ने ५० वर्षीय राम एकवाल महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ प्रयोग गरेको बिषयलाई लिएर बैशाख २० गते कुटपिट गर्दा घाइते भएका सोही ठाउँ बस्ने ६० वर्षीय शिव लोचन महतोको स्थानीय मेडिकलमा उपचारको क्रममा मंगलबार मृत्यु भएको थियो ।
घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया