२२ कार्तिक २०८३, आइतबार

भीरबाट ढुङ्गा खसेर लाग्दा दुई कामदारको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोल्पा, २५ वैशाख । डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका–६ स्थित चिप्लेभिरमा ढुङ्गा लागेर मंगलबार दुई जना कामदारको घटनास्थलमै मृत्यु भएको छ । एकजना भने गम्भीर घाइते भएका छन् ।

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत खदाङ त्रिपुराकोट सडकखण्ड निर्माणका लागि चिप्लेभिरमा व्लास्टिङ हानेर ढुङ्गा फुटाउँदा उछिट्टिएको ढुङ्गा लागेर दुबै जनाको मृत्यु भएको हो । मृत्युहुनेमा रुकुम आठबिसकोट नगरपालिका–१० का देवबहादुर चन्द र सोही नगरपालिका वडा नं १२ का अमृत रानामगर रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

घटनामा सोही नगरपालिका वडा नं ९ का शक्तिबहादुर शाही गम्भीर घाइते भएका छन् । गम्भीर घाइते शाहीको उपचारका लागि रुकुमतर्फ लगिएको प्रहरीले जनाएको छ । –रासस