२२ कार्तिक २०८३, आइतबार

विकास निर्माणको सामग्री व्यक्तिलाई बेचेको भन्दै वडाध्यक्षलाई कारबाहीको माग

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–नरेश केसी
भैरहवा, २४ बैशाख । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम पाल भन्ने उदयराज गडरीयालाई कारबाहीको माग गर्दै सोही वडाका स्थानीयहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

वडाध्यक्ष गडरीयाले विकास निर्माणको लागी जिल्ला समन्वय समितीको सिफारिसमा अनुमति प्राप्त गरी उत्खनन् गरेको बालुवा गिट्टी निजी व्यक्तिलाई अबैध रुपमा विक्री वितरण गरेको लिखित उजुरी सहित स्थानियले प्रशासनमा उजुरी दिएका हुन । उनीहरुले वडा अध्यक्ष गडरीयाले आइतबार दिउँसो २ बजे बा ३ ख ३९७५ नम्बरको टिप्परमार्फत साविक खड्क बनगाईको चानापार कुत्ता नाकाबाट विकास निर्माणको लागी निकासी गरिएको गिट्टी बालुवा अबैध रुपमा निजी व्यक्तिलाइ विक्री वितरण गरेको आरोप लगाएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरसामु वडा अध्यक्षलाई कारबाहिको माग गर्दै ज्ञापन पत्र बुझाउदै स्थानीय शम्भु चौहानले भने ‘वडा अध्यक्षले अबैध काम गरिरहेका छन् । उनले प्रति टिप्पर १२ हजारको दरले स्थानीय व्यवसायीलाई ४ टिप्पर निर्माण सामग्री विक्री गदैगर्दा हामीले जानकारी पाएर प्रहरीलाई खबर गर्‍यौँ । प्रहरीले समेत मुचुल्का उठाएको छ’ चौहानले भने, ‘अबैध काम गर्ने जो कोहीलाई पनि कारबाहि हुनुपर्दछ । त्यसैको लागी हामी यहाँ आएका हौँ ।’

सो सम्बन्धमा वडा अध्यक्ष गडरीयालाई बुझ्दा उनले आफुले कुनै अवैध काम नगरेको जनाउँदै राजनीतिक प्रतिसोधको कारण आफूलाई बद्नाम गराउन खोजिएको बताए । उनले भने ‘मैले कुनै गल्ती गरेको छैन । हिजो ढुंगानाको पोल्ट्री फर्ममा झारेको निर्माण सामग्री हाम्रो होइन । उनले कपिलवस्तु वाणगंगाबाट लिएका हुन् । यदी मेरो गल्ती छ भने म कारबाहि भोग्न तयार छु होइन भने मेरो बदनाम गर्नेलाई कारबाहि हुनुपर्दछ ।’

सो घटनाको सम्बन्धमा शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुसन चौधरीले अनुसन्धान भईरहेको जनाउँदै दोषी देखिएमा कारबाहि गर्ने जनाए । यता निर्माण सामग्री झारिएको ठाउँमा बुझ्दा बाणगंगाबाट ल्याइएको बिल देखाईरहेका छन् । यसले झन अबैध कारोबारको जालो फिजिएको देखिएको छ । तर स्थानीय र प्रहरी भने निर्माण सामग्री बा ३ ख ३९७५ नम्बरको टिप्परमार्फत झारीएको बताउँछन् ।

यता घटनाको मुचुल्का समेत उठाएको इलका प्रहरी कार्यलय मुर्गिया रन्यौराका प्रहरी निरीक्षक यमलाल बन्जाडेले सडक विस्तार र निर्माणको प्रयोजन गर्नेगरी दिइएको अनुमतिलाई दुरुपयोग गरीएको बताए । उनले भने ‘हाम्रो प्रारम्भिक अध्ययनले अबैध काम भएको देखाएको छ । उनलाई कानुन अनुसार कारबाहि गर्न सम्बन्धित निकायलाई सहयोग गर्छौ ।’