चितवन, २४ बैशाख । प्रदेश नम्बर ३ का कृषिमन्त्री दावा दोर्जे लामाले आइतबार साँझ आएको हावा हुरीसहितको असिनाले नष्ट गरेको चितवन पदमपुरको केरा खेती र अन्नबाली निरिक्षण गरेका छन् ।
पदमपुरका विभिन्न वडामा गएर निरिक्षण गर्नुका साथै उनले किसानसँग भेटसमेत गरे । सो अवसरमा मन्त्री लामाले पदमपुरका किसानलाई प्राकृतिक प्रकोपले निकै ठूलो क्षति गरेको भन्दै तिव्र रुपमा क्षतिको विवरण सकलन गरेर मन्त्रालयमा पेश गर्न स्थानीय तहलाई निर्देशन दिए । “पदमपुरका किसानलाई यतिबेला धेरै पिडा छ उनले भने, राज्यका निकायबाट गर्न सकिने काम तिव्र रुपमा गरिनुपर्छ ।”
उनले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । यस्तो प्रकोप फेरीपनि आउनसक्ने भएकाले दिर्घकालिन रुपमा किसानको कृषि बालीको संरक्षण हुनेगरी प्रदेश सरकारले योजना बनाउने मन्त्री लामाले बताए ।
आइतबार साँझ आएको हावा हुरीसहितको असिनाले कालिका नगरपालिकाको पदमपुरमा ८० प्रतिशत भन्दा बढी केरा खेती र अन्नबाली पूर्णरुपमा नष्ट भएको हो । प्रकोपका कारण केरा खेती र अन्य बालीमा करोडौँको क्षति पुगेको छ । असिनाले कालिका नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म सबैभन्दा धेरै क्षति पुर्याएको छ ।












प्रतिक्रिया