२२ कार्तिक २०८३, आइतबार

टेण्डरमा ‘सिण्डिकेट’ लाद्न खाज्ने युवक पक्राउ

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, २४ बैशाख । टेण्डर फर्म भर्न गएका व्यवसायीलाई कुटपिट र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गत शुक्रबार व्यवसायीलाई कुटपिट गरेका प्लुङटार नगरपालिका–५ का ३२ वर्षिय रोजन भट्टराई पक्राउलाई प्रहरीले पक्राउ गरेको हो ।

ठेक्कामा एकाधिकार कायम गर्न अन्य प्रतिस्पर्धीहरुलाई कोठामा थुनेर धम्क्याएको र हातपातसमेत गरेको उजुरीका आधारमा उनलाई सोमबार पालुङटारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य तीन आरोपित भने फरार छन् ।

निर्माण व्यवसायी संघ गोरखाकै जिम्मेवार पदाधिकारी नेतृत्वका युवा समूहले वल्ड वाइड कन्स्ट्रक्सनका प्रतिनिधि राम थापा र हरि भट्टराइलाई बन्धक बनाएर कुटपिट तथा दुर्व्यवहार गरेपछि उनीहरुले प्रहरीले किटानी जाहेरी दिएका थिए । किटानी जाहेरी दिइएका चारमध्ये एक जना पक्राउ परेको प्रहरीले बताएको छ ।