२२ कार्तिक २०८३, आइतबार

रुपन्देहीका सिडिओ भन्छन्ः जिल्लालाई सूचना आदनप्रदानमा नमुना बनाउछौं

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-नरेश के.सी.

भैरहवा, बैशाख २४ । केहि दिन पहिले सरुवा भएर रुपन्देही आएका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले जिल्लालाई सूचना आदनप्रदानमा नमुना बनाउने बताएका छन् ।

जिल्लामा आएपछि पत्रकारहरुसँग पहिलोपटक भेटघाट गर्दै उनले रुपन्देही जिल्ला प्रशासनले सूचना सम्प्रेषणमा विशेष योजनाका साथ काम थाल्ने बताए । उनले भने ‘वेभसाइट मार्फत वा सूचना अधिकारी र म स्वयंबाट दिन मिल्ने, सार्वजनिक गर्न मिल्ने सबै सूचना सहज रुपमा उपलब्ध गराईनेछ । ’

प्रमुख जिल्ला अधिकारी राना मगरले जिल्लालाई अपराधमुक्त गर्न मिडियाको भूमिका महत्वपूर्ण भएकोले आफूले मिडियाको साथ चाहेको पनि बताए ।

भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघका रुपन्देहीका पूर्व अध्यक्ष दीपक ज्ञवाली, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधब ढुंगाना लगायतका पत्रकारहरुले जिल्लामा लागू औषधको ओसार पसार बढ्दै गएको, विभिन्न क्षेत्रमा भईरहेको सिन्डिकेट, बजारमा कालोबजारी, निर्माण तथा खाद्य सामग्रीको गुणस्तर र मूल्यमा उपभोक्ता ठगिएको जनाउदै बजार अनुगमन जरुरी रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी रानामगर छिमेकी जिल्ला परासीबाट केही दिन पहिले मात्रै रुपन्देही सरुवा भएर आएका हुन् ।