
-मिना बुढाथोकी
सल्यान, २४ बैशाख । कालीमाटी गाँउपािलकाद्वारा निर्मित ईलाका प्रहरी कार्यालयको भवन सोमबार उद्घाटन गरिएको छ । कालीमाटी गाँउपालिकाको आर्थिक सहयोग र जनश्रमदानबाट निर्मित ईलाका प्रहरी कार्यालयको भवनको उद्घाटन ६ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक सुरेश विक्रम शाह तथा कालीमाटी गाँउपालिकाका अध्यक्ष दान बहादुर केसीले संयुक्त रुपमा गरे ।
गाँउपलिकाको १० लाख, २ लाख १४ हजार जनश्रमदान गरि जम्मा १२ लाख १४ हजारको लागतमा भवन निर्माण गरिएको गाँउपािलका अध्यक्ष केसीले बताए । कालीमाटी गाँउपालिकामा ईलाका प्रहरी कार्यालयको आफ्नै भवन निमार्ण कार्य सम्पन्न भएपछि यहाँबाट जनाताले सरल र सहज रुपले सेवा पाउने गाँउपालिकाले जनाएको छ ।
भवन निर्माणका लागि स्थानीयले पनि विभिन्न तरिकाले प्रहरीलाई सहयोग गरेका छन् । भवन बनाउनका लागि स्थानीय भुपेन्द्र बहादुर खत्रीले १२ आना जग्गा निःशुल्क रुपमा दान गरेको निर्माण समितिका अध्यक्ष लाल सिंह खत्रीले जानकारी दिए ।
दाङ र सुर्खेत जिल्लासँग सिमाना जोडिएको यस क्षेत्रमा प्रहरी आएपपिछ यहाँका जनताले शान्ति सुरक्षाको महसुस गरुन् भन्ने उद्देश्यले आफूले जग्गा दान गरेको जग्गादाता भुपेन्द्र बहादुर खत्रीले बताए । ‘सल्यान जिल्ला सदरमुकामबाट साविकको कालीमाटी रामपुर गाविसको सम्बन्ध निकै टाढा रहेको बेला २०५२ सालमा मैले १२ आना जग्गा दान गरेको हुँ’, उनले भने, ‘आज यहाँ भवन बनेपछि निकै खुशी लागेको छ । उतिबेला मैले देखेको सपना अहिले पुरा भयो ।
इलाका प्रहरी कार्यालयको लागी आवश्य परेको जग्गा दान गर्ने जग्गादाता तथा भवन निर्माणमा आर्थिक रुपले सहयोग गर्ने गाँउपालिकालाई प्रहरीले धन्यवाद दिएको छ । उद्घाटन कार्यक्रममा ६ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक शाहले जनताले यसरी प्रहरीमाथि गरेको विश्वासलाई कायम राख्न मातहतका प्रहरीलाई निर्देशन दिएका छन् ।
कर्णली प्रदेश सुरक्षाको हिसाबले पछाडी परेको क्षेत्र भएकाले सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नु पर्ने उनले बताए ।












प्रतिक्रिया