नयाँदिल्ली । नरेन्द्र मोदीको सरकार बन्ने भएपछि त्यसको सकारात्मक प्रभाव भारतीय शेयर बजारमा पनि देखिएको छ ।
शुक्रबार मतगणना दिन भारतीय शेयर बजारमा शुरुवाती कारोबारमा अप्रत्याशित बृद्धि भएको छ ।
प्रमुख सूचकांक सेंसेक्स बिहान लगभग ९ बजेर २६ मिनेटमा ९३९.४७ को दरले बृद्धि भइ २४, ८४५.०७ पुग्यो । निफ्टी पनि यसै समय ३१३.७५ अंकका दरले बृद्धि भइ ७,४३६.९० सम्म कारोबार भयो ।
मुम्बई स्टक एक्सचेन्जमा पनि त्यसको सकारात्मक प्रभाव देखिएको छ ।














प्रतिक्रिया