१ कार्तिक २०८३, शनिबार

एमाओवादी केन्द्रीय समिति विघटन गरिँदै, नेतृत्व छाड्न प्रचण्ड तयार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-prachanda

काठमाडौं, १३ पुस । पार्टी भित्रको विवाद अन्त्यका लागि एकीकृत नेकपा माओवादीले केन्द्रीय समिति विघटन गरी आयोजक समिति बनाउने भएको छ ।

आइतबारदेखि सुरु हुन लागेको केन्द्रीय समिति बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकबर्षभित्रै महाधिवेशन गर्ने शर्तमा केन्द्रीय समिति विघटन गरी आयोजक समिति गठनको प्रस्ताव गर्न लागेको स्रोतले बतायो ।

आजदेखि देखि सुरु हुने बैठकले केन्द्रीय समितिलाई आयोजक समितिमा रुपान्तरण गर्नेछ । असन्तुष्ट नेता डा बाबुराम भट्टराईसँगको समझदारी अनुसार, केन्द्रीय समितिलाई आयोजक समितिमा रुपान्तरण गरी वैचारिक बहसलाई वर्ष दिनभित्रै महाधिवेशनबाट टुंग्याउने निष्कर्षकासाथ प्रचण्डले सो प्रस्तावको तयारी गरेका हुन् ।

दुई दशकदेखि निरन्तर पार्टीको नेतृत्व गर्दै आएका प्रचण्ड नेतृत्व हस्तान्तरणका लागि तयार भएको बताइएको छ ।