२९ आश्विन २०८३, बिहिबार

विदेश पलायन रोक्न युवालाई सहुलियत दरमा ऋण उपलब्धः अर्थमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramsaranबनेपा, १२  पुस । अर्थमन्त्री डा. रामशरण महतले युवाहरुलाई व्यवसायिक खेतीका  लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभालाई शनिबार संबोधन गर्दै मन्त्री महतले युवालाई विदेश पलायनबाट रोक्न सहुलियत दरमा ऋण उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

उहाँले ६ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने सरकारले निर्णय गरेको समेत जानकारी गराउनु भयो ।