२२ कार्तिक २०८३, आइतबार

अवैध रुपमा ल्याएको रूवीसहित एकजना पक्राउ

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर ।

काठमाडौँ, १५ बैशाख । प्रहरीले अवैध रुवीसहित नागढुंगाबाट एकजनालाई पक्राउ गरेको छ ।

चन्द्रगिरी नगरपालिका–२ स्थित नागढुंगा चेकपोष्टमा सवारी साधन जाँच गर्ने क्रममा धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ५८४६ नम्बरको माइक्रोमा सवार धादिङ निलकण्ठ नगरपालिका–४ का २१ वर्षीय सुर्य तामाङलाई अवैध रुपमा साथमा ल्याएको ४ सय ६२ ग्राम रूवीसहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।