काठमाडौँ, ११ पुस । सरकारले नेपाल र ओमानबीच हवाई सेवा सञ्चालनका लागि अनुमति प्रदान गरेको छ ।
सिंहदरबारमा शुक्रबार भएको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई नेपाल र ओमानबीच हवाई सेवा सञ्चालनका लागि भएको समझदारी पत्रमा हस्ताक्षर गर्न अनुमति दिएको हो । बैठकले अर्थ मन्त्रालय अन्तर्गत ऋण असुली न्यायाधीकरण सम्बन्धी प्रस्ताव पारित गर्दै पदाधिकारी समेत नियुक्त गरेको छ ।
ऋण असुली न्यायाधीकरणको अध्यक्षमा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका उपसचिव शेरधन कार्की, बैँकिङ् सदस्यमा उपेन्द्रबहादुर कार्की र लेखा सदस्यमा रामशेखरप्रसाद चौधरीलाई नियुक्त गरिएको हो ।
मन्त्रिपरिषद्को बैठकले नेपाल औद्योगिक व्यवस्थापन लिमिटेड सञ्चालक समितिको अध्यक्षमा नन्दकिशोर बस्नेतलाई नियुक्त गरेको छ ।














प्रतिक्रिया