२२ कार्तिक २०८३, आइतबार

सुखवती फाउण्डेशनलाई कोरीयाको एशिया फिलान्ट्रफी अवार्ड

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । गोगँबु टाउन प्लानिङ्गमा रहेको सुखवती स्टोर फाउण्डेशनलाई दक्षिण कोरीयाको एशिया फिलान्ट्रफी अवार्ड पाउन सफल भएको छ । गैह्र नाफामूलक सामाजिक कार्यमा सक्रिय रहेको भन्दै ‘वर्षको उत्कृष्ट गैह्र नाफामूलक सामाजिक संस्था पुरस्कार’ फाउण्डेशनलाई प्रदान गरिएको हो ।

दक्षिण कोरीयाको राजधानी सिओलमा हालै आयोजित कार्यक्रममा फाउण्डेशनका अध्यक्ष चीजमान गुरुङ्गलाई उक्त पुरस्कार प्रदान गरिएको हो । फाउण्डेशनले ‘खुशी बाँडौ’, एकको वेकार अर्कोको सरोकार र तपाईको पुरानो सामान अरु कसैका लागि नयाँ हुन सक्छ भनेर रिडिस, रियुज र रिसाईकल अन्र्तगत प्रयोगमा आएर विग्रेका सामान मर्मत गरी पुन प्रयोगमा ल्याउँछ ।

पुराना लुगा धोएर सिलाएर लाउन योग्य बनाउने, भाडाहरु मर्मत गरी प्रयोगमा ल्याउने र यसबाट वातावरण समेत जोगीने फाउण्डेशनका कोषाध्यक्ष लक्ष्मीदेवी गुरुङले बताइन् । टिसर्ट, जुत्ता, सिडीजस्ता कतिपय सामानको मूल्य रु १० बाट शुरु भएर अलि राम्रो सट, पाइन्टको मूल्य रु २०, ४०, ८० देखि २५० सम्म सामान हेरेर मूल्य राखी बेच्ने गरिएको फाउण्डेशनका सदस्य केशकुमारी रानाले जानकारी दिइन् ।

कोरियाको अल माइ किड्स र वुग्यदन याथोलिक चर्चको करिब रु ५० लाख सहयोगमा फाउण्डेशनले काभ्रेको दोलालघाटमा दुलालेस्वर उच्च माध्यमिक विद्यालयको छ कोठे विद्यालय भवन र दुई कोठे शौचालय बनाएको छ । कोरियाको ह्याप्पी फयाक्ट्रीसँग मिलेर रु २७ लाखको लागतमा नुवाकोटको हिलेखर्क्स्थित गारबेँसी निमाविको भवन बनाएको छ ।