२२ कार्तिक २०८३, आइतबार

स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा १४, वैशाख । धनगढीबाट बाजुरा गइरहेको स्कारपियो गाडीले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई डोटीको बुडरमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

डोटीको बुडरमा कुखुरा फार्ममा कार्यरत१९ वर्षका हर्कबहादुर विष्टको स्कारपियो गाडीको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको बुडर प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभएको छ ।

कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको बा १६ च ८७८२ नं को स्कारपियो गाडीले से १ प ७७०५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राजेश विष्टको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडरका प्रहरी सहायक निरीक्षक हर्कबहादुर साउदले जानकारी दिनुभयो ।

आज बिहान इस्कारपियोले मोटरसाईकललाई ठक्कर दिएको बताइएको छ । स्कारपियो चालकलाई नियन्त्रणमा लिई थप छानबिन भइरहेको प्रहरीले जनाएको छ । -रासस