
-बेलिना थापा
लमजुङ, १३ बैशाख । फरार सूचिमा रहेका एक जनप्रतिनिधिलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । बैदेशिक रोजगार ठगी मुद्धामा अदालतले कैद सजाय र जरिवाना तोकी फरार रहेका लमजुङको दूधपोखरी गाउँपालिका १, का वडा सदस्य भरतप्रसाद भट्टराईलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डीएसपी पदमबहादुर विष्टका अनुसार जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले भट्टराईलाई दुधपोखरी गाउँपालिका १ दूधपोखरी माझीबारीस्थित आफ्नै घरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जिल्ला अदालतले उनलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना र १८ महिना कैद सजाय सुनाएको थियो । स्रोतका अनुसार उनलाई स्थानीय तहको निर्वाचन अघि जिल्ला अदालतबाट ठगी मुद्दामा फैसला सुनाएको थियो । प्रहरीले उनको फैसलाको यकीन मिति भनेको छैन ।
अदालतले फरार अभियुक्तको सूचिमा रहेको जानकारी दिएपछि प्रहरी उनलाई पक्राउ गर्न १ दिनको बाटो दूधपोखरी माझीबारी पुगेको थियो ।












प्रतिक्रिया