
काठमाडौँ, १२ बैशाख । १५ किलो सुन काण्डका मुख्य अभियुक्त चिनियाँ नागरिक ४० वर्षकी जेजहोङ पक्राउ परेकी छन् । उनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिआइबीले पक्राउ परेको हो ।
उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको सिआइबीका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेकी चिनियाँ नागरिक जेजहोङ धेरै पटक नेपाल आउने–जाने गरेको साथै चीनबाट राजकुमार पौडेलसँग सम्पर्कमा रहि सुन नेपाल पठाउने कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ ।
गएको भदौ १४ गते काठमाडौा टोखा नगरपालिका–११ सामाखुशीमा भाडामा बस्दै आएको सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का २७ वर्षिय पेम्बा शेर्पाको कोठाबाट १४ किलो अवैध सुन बरामद भएको थियो ।
साथै, तत्कालै खोजि गर्ने क्रममा जिल्ला प्रहरी कार्यलय धनुषामा जानकारी गराई थप ४ जनाको साथबाट १ केजी सुन बरामद गरि जम्मा ७ जना अवैध सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक अनसुन्धान पुरा गरिएको थियो ।
उनीहरुलाई काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएको तथा हाल उक्त मुद्धा बिचाराधिन रहेको र सोही मुद्धाका मुख्य फरार प्रतिवादी चीनियाँ नागरिकहरू जेजहोङ पक्राउ परेकी हुन् ।
उनी चीनबाट सुन नेपाल पठाउने मुख्य व्यक्ति मध्येकी एक रहेको सिआइबीले जनाएको छ ।












प्रतिक्रिया