२२ कार्तिक २०८३, आइतबार

मोदीलाई जनपुरमा भव्य स्वागत हुन्छ : अनिल झा

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पूर्ण रुपमा सफल हुने विश्वास लिएका छन् ।

रिपोटर्स क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘मोदीजीको नेपाल भ्रमणको तयारी सुरु भैसकेको छ, उहाँ यसपटक जनकपुर जाँदैहुनुहुन्छ, भारतीय प्रधानमन्त्री जनकपुर जाने सायद उहाँ पहिलो प्रधानमन्त्री हुनुहुन्छ, अहिलेसम्म कोहीपनि गएका छैनन् ।’

मोदीलाई जनकपुरमा भव्य रुपमा नागरिक अभिनन्दन गरिने उनको विश्वास छ । उनले भने, ‘हो, उहाँलाई भव्य रुपमा अभिनन्दन हुन्छ, र हुनुपनि पर्छ ।’ नेपाल–भारत द्धिपक्षीय सम्बन्ध नेपाल वा भारतका प्रधानमन्त्रीले नबनाएको बताउँदै उनले थपे, ‘यो ऐतिहासिक सम्बन्ध हो, परापूर्वकालदेखि नै सम्बन्ध स्थापित भएको हो, आदिकालदेखि नै स्थापना भएको सम्बन्ध सुमधुर छ ।’

मोदीको नेपाल भ्रमणको क्रममा औपचारिक तथा अनौपचारिक कुराहरु हुनेपनि उनले जनाए । उनले भने, ‘नेपालले आफ्नो देशको हितलाई र भारतलेपनि आफ्नो देशलाई हितमा राखेर कुराकानीहरु हुन्छन्, उहाँको भ्रमणताका राम्रा कुरा हुनुपर्छ ।’

यस्तै, भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल हुने विश्वास दिलाए । मोदीले तीन पटक नेपालको भ्रमण गर्नु अभुतपूर्व हुने उनको भनाई थियो ।

मोदीले नै नेपाल र भारतबीच कायम रहेको उच्चस्तरीय भ्रमण आदानप्रदानको खडेरी समेत समाप्त पारेको सिंहले बताए । उनले भने, ‘द्धिपक्षीय उच्चस्तरीय भ्रमण भैरहेका छन्, नेपाल भ्रमणको क्रममा उहाँले संसदमा सम्बोधन गर्नुभयो, त्यसले द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम थपेको थियो ।’

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेको छोटो समयमा नै भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन लागेको उल्लेख गर्दै सिंहले भने, ‘ओलीजीको भारत भ्रमणको बेला रेलमार्ग र जलमार्गको रोडम्यापबारे छलफल भयो, आयोजना तथा परियोजनाको सुरुवात भएको छ, यो अत्यन्तै राम्रो हो ।’