२२ कार्तिक २०८३, आइतबार

सरकारको सदाचार नीतिको विरोधमा ख्रीष्टियन महासंघ

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ बैशाख । राष्ट्रिय ख्रीष्टियन महासंघले हालै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रस्ताव गरेको राष्ट्रिय सदाचार नीति–२०७४ को बिरोध जनाएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर मन्त्रीपरिषदले प्रस्ताव गरेको सदाचार नीतिको मस्यौदामा नागरिकले स्वतन्त्र रुपमा धर्म छान्न पाउने अधिकारलाई कुण्ठित बनाएको भन्दै बिरोध जनाएको हो ।

महासंघका अध्यक्ष सिवि गहतराजले ख्रीष्टियनहरुको धार्मिक अधिकारमाथि सरकारले कडाई गरे आगामी दिनमा नेपालमा क्रिष्टियनहरुको संख्या दोब्बर हुने दाबी गरेका छन् ।

उनले भने,‘पृथ्वीनारायण शाहले देश निकाला गरेको ख्रीष्टियनहरुको संख्या आज आएर ३० लाख पुगेको छ, यसरी नै सरकारले हामीमाथिको अन्याय कायम गर्ने हो भने हाम्रो संख्या बढ्छ, हामीलाई हेप्ने कुरा धेरै परको कुरा हो, कसैले चिमोट्यो भनेपनि हामी एकजुट हुन्छौँ ।’