२२ कार्तिक २०८३, आइतबार

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु, एक घाइते

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १२ वैशाख । दाङमा बा२ब ११११ नंको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ को लक्ष्मीपुरमा दुर्घटना हुँदा बुधबार एक जना प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गासिंहले दिनुभएको जानकारीअनुसार मृत्यु हुनेमा वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान ओविलाल गिरी रहेका छन् । गिरी रोल्पा खुङ्गी निवासी हुन् । सोही मोटरसाइकल दुर्घटनामा परी चालक प्रहरी जवान प्रहरी जवान वसन्त अधिकारी घाइते भएका छन् ।

घाइते अधिकारीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको अस्पातालले जनाएको छ । बुधबार बिहान उनीहरु मोटरसाइकल गस्तीमा गएको बेला दुर्घटनामा परेका थिए । –रासस