२२ कार्तिक २०८३, आइतबार

स्वर्गीय ठकुरी काँग्रेसका सच्चा सिपाही: सभापति देउवा

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस नेता स्वर्गीयचक्रबहादुर ठकुरी पार्टीको सच्चा सिपाही भएको बताएका छन् । चक्रबहादुर ठकुरी फाउण्डेशनले ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा बुधवार काठमाडौँमा गरेको कार्यक्रममा उनले ठकुरीको निधनले काँग्रेसलाई ठूलो घाटा पुगेको बताए । ‘पूर्व क्षेत्रको पार्टी संगठन निर्माणमा स्वर्गीय ठकुरीको महत्वपूर्ण योगदान रहेको छ’, देउवाले भने ।

ठकुरीले देखेको सपना पुरा गरेमात्र उनीप्रति सच्चा श्रद्धान्जली हुने देउवाको भनाइ थियो । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले मुलुकको विकास र समाजसेवाको क्षेत्रमा स्वर्गीय ठकुरीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । फाउण्डेशनले गर्ने सामाजिक कामलाई सहयोग गर्न आफू सधैं तयार रहेको उनको भनाई छ ।

नेकपा (एमाले) काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राईले ठकुरीसँग विपक्षी दलका व्यक्तिलाई समावेश गरेर अगाडि बढ्ने क्षमता भएको बताए । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसले ठकुरीको अभाव सधै खड्कने बताए । ठकुरीका छोरा विमलले बुबाको सपनालाई पूरा गर्ने जनाए ।

फाउण्डेशनका अध्यक्ष गजेन्द्रकुमार लामाले ठकुरीको नाममा सामाजिक काम गर्ने लक्ष्य सहित फाउण्डेशन स्थापना गरिएको बताए । ठकुरीको २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पमा रसुवा जिल्लाको केरुङ नाका नजिक निधन भएको थियो । ठकुरी विसं २०६४ मा काठमाडौँ क्षेत्र नं ३ बाट काँग्रेसको तर्फबाट निर्वाचित सांसद थिए ।