२२ कार्तिक २०८३, आइतबार

मध्यपुर ठिमी नगरपालिकाका मेयर भन्छन्–अपराधीलाई छिटो कारवाही होस्

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ बैशाख । भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले आक्रमणकारीलाई तुरुन्त पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।

शनिबार अज्ञात समूहको अक्रमणमा परि अहिले ठिमीकै कोरियन मैत्री अस्पतालमा उपचार गराइ रहेका श्रेष्ठले आफूमाथि भएको आक्रमण आफू एक जनामाथि मात्र नभएर स्थानीय सरकारका प्रतिनिधिहरुमाथि कै आक्रमण भएको टिप्पणी गरे ।

उनले यो आक्रमण निकै गम्भीर र सबैले ख्याल गर्नु पर्ने खालको भएको पनि दाबी गरे । आफूलाई आक्रमण गर्नु अघि कुनैपनि धम्की आएको आफूलाई थाहा नभएको भन्दै उनले जनता अहिले पनि आफ्नो साथमा भएको जिकिर गरे ।

आफूमाथि आक्रमण गर्ने आक्रमणकारीको पहिचान खुल्दा पनि प्रहरीले अहिलेसम्म पत्ता लगाउन नसक्नु दुःखद भएको मेयर श्रेष्ठको गुनासो छ । अपराधी पत्ता लगाउन माग गर्दै सयौँ नगरवासीले अस्पताल वरपर र प्रहरी परिसरमै जुलुस निकालेका छन् । उनीहरुले ठिमीको प्रहरी कार्यालयमै पुगेर अपराधी पत्ता लगाउन माग गर्दै ज्ञापनपत्र पनि बुझाएका छन् ।

मेयर श्रेष्ठलाई शनिबार आफ्नो काम सकेर निवास फर्किने क्रममा घरै नजिक अज्ञात समूहले आक्रमण गरेका थिए । उनको टाउको, हात, खुट्टालगायतमा गम्भीर चोट पुगेको छ ।