केन्ट । यहि आउदो सन २०१८ मे महिना १२ तारिख शनिबारका दिन बेलायतको ईलेक्ट्रिक, ब्रिक्सटन लण्डनमा भब्य नेपाली सांगीतिक उत्सव २०१८ “गोर्खा वरियर्स”ले आयोजना गर्ने भएको छ ।
बेलायतमा रहेका नेपाली नयाँ तथा पुराना पुस्ताहरूको संगीत रुचिलाई मध्यनजर गर्दै यस सांगीतिक उत्सवमा पप गीतदेखि सुगम संगीतको लाईभ ब्याण्ड प्रस्तुति सँगै भरपुर मनोरञ्जन दिलाउन नेपालबाट बहु चर्चित गायक आस्था ब्याण्डका नरेन लीम्बु, निमा रुम्बा, “द अरजिनल ड्यू” (फर्मर १९७४ एडी) का चर्चित गायक एड्रियन प्रधान र फिरोज स्याङ्देन बेलायत आउने जानकारी आयोजक टिमका अल्विन लिम्बु र पिटर गुरुङले दिएका छन् ।
बेलायतमा धेरै सांगीतिक कार्यक्रमहरू भएपनि यो सांगीतिक कार्यक्रम भने अलि पृथक रहने जानकारी पनि आयोजक टिमले दिएका छन् ।
साँझ ८ बजेबाट मध्यरात १२ बजे सम्म सांगीतिक कार्यक्रम हुने त्यस पश्चात डिजे फाट र डिजे एस काजीको साथमा बिहानको ४ बजेसम्म नाँच हुने आयोजकले जानकारी दिएका छन् ।















प्रतिक्रिया