
बाजुरा, ११ बैशाख । बाजुराको बडीमालिका नगरपालिका वडा नं ३ छाउपडी गोठ मुक्त वडा घोषणा हुने भएको छ ।
बडीमालिका नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वीर बहादुर रावलको अध्यक्षतामा बसेको वडा समितिको बैठकले परम्परागत रुपमा चलिआएका सामाजिक मान्यता भएपनि महिनावारी हुने उमेर समूहकी किशोरीमाथि विभेद अन्त्य गर्न यो कुसंस्कार हटाउने निर्णय गरेको हो ।
महिलाहरुलाई छाउ वा महिनावारी हुँदा घर भन्दा टाढा राख्ने गर्नाले बलात्कारका घटना हुने, विभिन्न किसिका रोगबाट संक्रमित भई ज्यानै जाने अवस्था भएकाले महिलाहरुको स्वास्थ्यलाई ख्याल गर्दै छाउ गोठमुक्त अभियानमा लागेको वडा अध्यक्ष रावलले बताए ।
बैठकले वडा नं ३ मा रहेका १२ वटा टोलबाट झाँकी जुलुस गर्ने, महिला र पुरुषको एकल र छुट्टा छुट्टै छाउ हुदा हुने विभेद हटाउनकै लागि देउडा प्रतियोगिता गर्ने, युुवाहरुका लागि सडक नाटक गर्नुपर्ने निर्णय समेत गरेको छ ।












प्रतिक्रिया