२२ कार्तिक २०८३, आइतबार

विद्यार्थी संगठनले बुधबार शिक्षा विभाग घेर्ने

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ११ बैशाख । संयुक्त विद्यार्थी संगठनले भोली बुधबार शिक्षा विभाग घेराउ गर्ने भएका छन् ।

संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को ठाडो अवज्ञा गरी नीजि विद्यालयले गरेको चर्को शुल्कवृद्धि तत्काल फिर्ता गराउन र नगर्नेलाई कारवाही गर्न माग गर्दै विभाग घेराउ गर्न लागिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

अनेरास्ववियुको कार्यालय बागबजारमा मंगलबार बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले बुधबार बिहान १० वजेदेखि शिक्षा विभाग घेराउ तथा धर्ना कार्यक्रम गर्ने निर्णय गरेको हो ।

यसैगरी, बैशाख १४ गते देशभरका सवै स्थानीय तहका प्रमुखको कार्यालयमा शुल्क अनुगमन र शुल्क मापदण्ड निर्देशिका विपरितको शुल्कवृद्धि खारेज गर्न घेराउ तथा धर्ना दिने कार्यक्रम तय भएको छ ।

सचिव लामिछानेका अनुसार आगामी बजेटमा शिक्षामा २० प्रतिशत बजेट छुट्याउन, चर्को शुल्कवृद्धि घटाउन, विद्यार्थीलाई प्रमाणपत्रको आधारमा शैक्षिक कर्जा दिने निर्णय लागू गराउन र विद्यालय तहको शिक्षा निशुल्क बनाउने संवैधानिक प्रावधान कार्यान्वयन गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत तय भएको छ ।

बैठकमा अनेरास्ववियुका कार्यवहाक अध्यक्ष महेश बर्तौला, नेविसंघका अध्यक्ष नैनसिंह महर, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अखिल छैठौँका अध्यक्ष विमल पोखरेल, नेपाल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष निरज लवजुको सहभागिता थियो ।