३१ आश्विन २०८३, शनिबार

पोर्चुगलमा कांग्रेसको शुभकामना आदानप्रदान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भरत प्रधान

लिस्बन । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलले शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

नयाँ वर्ष २०७५ को अवसर पारेर समितिले राजधानी लिस्बनस्थित बेलाभिस्टा पार्कमा आइतबार शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

समितिका सभापति लक्ष्मीप्रसाद सापकोटाको सभापतित्व तथा संस्थापक सभापति तथा जनसम्र्पक समिति युरोपका बरिष्ठ उपाध्यक्ष पूर्ण हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पोर्चुगलका लागी पर्यटनदूत रमेश कुमार गुरुङ, एनआरएन आइसिसी सदस्य नरेन्द्र बहादुर हमाल, एनआरएन पोर्चुगलका अध्यक्ष कुबेर कार्की, प्रवासी नेपाली मञ्चका अध्यक्ष गोबिन्द पौडेल, नेपाली जनप्रगतीशिल मञ्चका अध्यक्ष नारायण सुवेदी, नयाँ शक्ति नेपाल पोर्चुगलका संयोजक धनराज शेर्पा, नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष नरभूपाल राई लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

समितिका उपसभापति सुशील शर्मा गैह्रेको स्वागत तथा महामन्त्री बिनोद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएकोे थियो ।

पोर्चुगलमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो । सो अवसरमा पोर्चुगलमा नवआगन्तुक कांग्रेसप्रति आस्थावानहरुलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा सामूहिक नाचगान गरिनुका साथै बिभिन्न मनोरञ्जनमूलक खेलकूद गतिबिधीहरु समेत सम्पन्न भएका थिए ।