१३ कार्तिक २०८३, शुक्रबार

वाम गठबन्धनका शुत्रधार यी प्रभावशाली नेताको अभिव्यक्तिले बालुवाटार र खुमलटारमा खैलाबैला !

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले वाचा पूरा गर्न नसके नेपाली कांग्रेस पुनः उदाउने बताएका छन् ।

राउटे लोपोन्भमुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको ‘आदर्श दम्पत्ति पुरस्कार तथा सम्मान कार्यक्रम’ मा बोल्दै गौतमले मुलुकलाई समृद्ध बनाउन जनताले वाम गठबन्धनलाई मतदान गरेको बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता छिट्टै हुने दावी गरे । नेपाली जनताले यी दुबै कम्युनिष्ट पार्टीलाई अभूतपूर्व शक्ति निर्वाचनबाट प्रदान गरेको बताउँदै गौतमले उक्त शक्तिलाई एकताबाट झन शक्तिशाली बनाउने जिकिर गरे ।

‘अहिलेको उपलब्धिलाई संस्थागत गरेर वाम गठबन्धनको सरकारले मुलुकलाई समृद्धि बनाउनुपर्छ’, उनले भने, ‘अहिलेको शक्तिलाई सदुपयोग गरेर काम गर्न सक्यौँ भने मुलुक समृद्ध बन्छ ।’ व्यक्ति विशेष नभई समाजलाई आधार बनाएर समाजवाद ल्याउने बताउँदै उनले लोपोन्मुख जातिको भाषा संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा उपाध्यक्ष गौतमले आर्दश दम्पतीरुपमा एमाले उपाध्यक्ष युवराज ज्ञवाली र इन्दु ज्ञवाली, एमालेका पूर्वनेता भरतमोहन अधिकारी र सविता अधिकारी तथा बवरजंग थापा र सरस्वती थापालाई सम्मान गरे ।

कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले धर्मपत्नीको सहयोगले नै राजनीतिमा अगाडी बढेको बताउँदै आफूहरु असल दम्पतीका रुपमा अहिले पनि रहेको धारणा व्यक्त गरे ।

एमालेका पूर्वनेता अधिकारीले राजनीति गर्नका लागि धर्मपत्नीको भूमिका ठूलो हुने बताए ।