२२ कार्तिक २०८३, आइतबार

सल्यानमा अवैध गाँजा खेती, प्रहरीले गर्‍यो नष्ट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिना बुढाथोकी

सल्यान, १० बैशाख । अवैधानिक मानिने गाँजालाई खेतको डिलमा संरक्षण गरि राखेको बोटहरु नष्ट गरिएको छ ।

जिल्लाको शारदा नगरपालिकाको रेशमव्युला भन्ने स्थानमा खेतमा पालेर राखेको गाँजा प्रहरीले आइतबार नष्ट गरेको छ । लागू पदार्थ न्यूनिकरण गर्ने तथा जिल्लामा रहेका युवाहरुलाई कुलतबाट जोगाउनलाई प्रहरीले यस्तो कदम चालेको छ ।

ईलाका प्रहरी कार्यालय सल्यानका प्रहरी ईन्चार्ज ज्ञानेन्द्र शर्माको नेतृत्वमा गएको टोलीले गाँजा खेतीको फडाँनी गरि नष्ट गरेको हो । सो क्षेत्रमा उत्पादन भइरहेको करिब दुई ट्याक्टर गाँजाको बोट नष्ट गरिएको ईन्चार्ज शर्माले जानकारी दिए ।

पछिल्लो समय जिल्लामा लागू पदार्थ न्यूनिकरणमा प्रहरीले सक्रियता देखाउन थालेको छ । लागू पदार्थ प्रयोगबाट विभिन्न अपराधिक कृयाकलाप भइरहेकाले यस्को न्यूनिकणमा लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी भरत बहादुर विकले बताए ।