काठमाडौँ, ९ बैशाख । प्रतिवन्धित लागूऔषधको करोवार गर्ने चारजनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोलुखुम्बु तिङ्ला घर भएका ३३ बर्षीय लाक्पा शेर्पा, रविन गुरुङ, पर्सा लङगढी घर भएका १९ बर्षीय दिपु कुमार र १८ बर्षीय राजुकुमार राई रहेका छन् । महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले शनिबार उनीहरुलाई नयाँबजारबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट डाइजेल्याव ५ सय ७६ एम्पुल, फेनारगन ५ सय ९० एम्पुल र नोफिन ५ सय ५६ एम्पुल बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।












प्रतिक्रिया