२२ कार्तिक २०८३, आइतबार

सर्वाजनिक यातायातमा कार्यरत १२ जना बालकको उद्धार

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ बैशाख । आइतबार काठमाडौँको स्वयम्भू चोकबाट सार्वजनिक यातायातमा काम गर्ने १२ जना बालकहरुको उद्धार गरिएको छ ।

श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाहरुको सहकार्यमा काठमाडौं उपत्यकामा सञ्चालित सर्वाजनिक यातायात (बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधन लगायत) मा बालश्रममुक्त अभियान चलिरहेको छ ।

श्रम कार्यालय बागमतीका कार्यालय प्रमुख उदय कुमार गुप्ताको नेतृत्वमा सुरु गरिएको अभियान अन्र्तगत आइतबार १९१ वटा गाडीको अनुगमन गरि सचेतना मुलक स्टीकर टाँसिएको छ ।

अनुगमनका क्रममा उक्त सवारी साधनहरुबाट सह–चालकका रुपमा कार्यरत १६ वर्ष मूनिका १२ जना बालकहरुलाई उद्धार गरि संरक्षण तथा उचित व्यवस्थापनका लागि संस्थामा पठाईएको छ ।

बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ अनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउनु हुँदैन ।