काठमाडौं, ९ वैशाख । खानेपानी मन्त्रालयका सहसचिव तथा विभागका महानिर्देशक तेजराज भट्टले सरकारी नम्बर प्लेटको गाडीमा निजी नम्बरप्लेट राखेर चढ्ने गरेका छन् ।
मन्त्रालयले सो नम्बर प्लेट सरकारी राख्नका लागि बारम्बार निर्देशन दिँदा पनि अटेर गरेका भट्ट बा १७ च ५९७० नम्बरको हुन्डाइको टक्सन गाडी चढ्छन् । राजधानी दैनिकले समाचार छापेको छ ।
सो नम्बर मन्त्रालयको गाडी चए पनि उनले निजी नम्बर प्लेट राखेका हुन् । बिदाको समयमा सरकारी गाडीको दूरुपयोग बढ्दा ट्राफिक प्रहरी कार्यालयले कडाइ गरेका कारण उनले यसरी नम्बर प्लेट बदलेका हुन् ।
खानेपानी विभागका प्रमुखको जिम्मेवारी सम्हालिरहेका भट्टले नै सरकारी नम्बरप्लेटको दुरुपयोग गर्दा सम्बन्धित निकायको ध्यान गएको छैन् ।












प्रतिक्रिया