भद्रपुर, १० पुस । ग्रामीण पहुँच कार्यक्रम (र्याप) अन्तर्गत झापामा ११ वटा सडक बाटोमा रु पाँच करोड पाँच लाख ९६ हजारको विकास कार्य भइरहेको जिल्ला विकास समितिले जनाएको छ ।
ग्रामीण पहुँच कार्यक्रम¬मार्फत भइरहेको सो कार्यक्रमले गौरादह महारानी झोडा जुरोपानी सडकका लागि रु ३२ लाख ८३ हजार, भद्रपुर ज्यामिरगढी शान्तिनगर इरौटार सडकका लागि रु ८४ लाख ४७ हजार, काँकडभिट्टा बाहुण्डाँगी सडकका लागि रु ४८ लाख ४८ हजार, शैनिक मोड गोल्धाप डिम्माखुट्टी राजगढ सडकका लागि रु ८३ लाख २९ हजार बजेट विनियोजन गरी निर्माण व्यवसायीमार्फत काम भइरहेको छ ।
यस्तै घैलाडुब्वा डांगीवारी चकचकी राजगढमा रु ५० लाख २६ हजार, हिमाली पाठामारीमा रु ५४ लाख ६९ हजार, शनिश्चरे खुदुनावारीमा रु ३९ लाख ८२ हजार, गरामनी हल्दिवारीमा रु २९ लाख ४३ हजार, सगरमाथा हल्दिवारी गोल्धाप चकचकी राजगढमा रु ३५ लाख ९७ हजार, पथरिया घेरावारी सडकमा रु २७ लाख २८ हजार, चारपाने नारायणचोक हात्तीकिल्ला जयपुरमा रु १९ लाख ३७ हजार लागतमा बाटो निर्माण भइरहेको जानकारी जिल्ला विकास समिति झापाका योजना प्रमुुख डिल्ली नेपालले दिनुभयो ।
नेपाल सरकारले स्थापना गरेको र्याप नामक संस्थामा बेलायती सरकारले पनि विकासका लागि आर्थिक सहयोग गरिरहेकाले जिल्लामा विकासले फड्को मार्ने जिविस झापाका स्थानीय विकास अधिकारी फणीन्द्र दाहालले विश्वास व्यक्त गर्नुभयो ।
गएको वर्षमा र्यापले झापाको १० वटा सडकलाई सुधार एवम् मर्मतका लागि रु ६९ लाख १५ हजार बजेट विनियोजन गरी काम सम्पन्न गरेको थियो भने यस वर्ष विनियोजित रकमबाट यसै आर्थिक वर्षमा काम सम्पन्न भई झापामा सडक सञ्जाल बन्ने विश्वास गरिएको छ । रासस¬
















प्रतिक्रिया