३१ आश्विन २०८३, शनिबार

नेपाली मूलका पाठकलाई अमेरिकीमा विश्वकै दोस्रो ठूलो पुरस्कार प्रदान

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । नोबेल पुरस्कारपछि दोस्रो ठूलो मानिने क्लार्क अवार्ड २०१८ नेपाली मूलका अमेरिकी अर्थशास्त्री पराग पाठकलाई प्रदान गरिने भएको छ ।

अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा विशिष्ट योगदान पु-याए बापत उनलाई उक्त सम्मान प्रदान गरिएको अमेरिकन इकोनोमिक एशोसिएसनले उल्लेख गरेको छ । ४० वर्ष भन्दा कम उमेर समूहका युवा अर्थशास्त्रीलाई प्रदान गरिने सो अवार्ड प्राप्त गर्ने पाठक पहिलो नेपाली मूलका अर्थशास्त्री हुन् ।

अर्थशास्त्र तथा प्रविधि क्षेत्रमा विश्वभर लोकप्रिय रहेको म्यासाच्युसेटस इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)मा प्राध्यापक रहेका ३७ वर्षे पाठकले शिक्षा क्षेत्रका नीति तथा बजार डिजाइनबारे गरेको अध्ययनका लागि अवार्ड प्रदान गरिएको हो ।

उनले गरेका अध्ययनले सार्वजनिक विद्यालयका शिक्षा प्रणाली सुधार गर्न महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरिउको छ । विद्यालयको शिक्षासम्बन्धी गहन तथा धेरैवटा अध्ययन गरेका उनले शिक्षा क्षेत्रको गुणस्तरीय विकासका लागि नयाँ प्रणाली विकास गनुपर्ने पक्षमा वकालत गरे ।

सार्वजनिक नीतिको संज्ञानात्मक तथा प्रायोगिक प्रणाली सम्बन्धी नवीन अवधारणा प्रस्तुत गरेका उनले नीतिगत सुझावको प्रभाव धेरै सकारात्मक मानिन्छ । ‘पाठकको अध्ययनले सार्वजनिक विद्यालयका लाखौँ विद्यार्थीको अवस्था परिवर्तन गर्न महत्वपूर्ण योगदान गरेको छ । क्लार्क मेडलका लागि उनी उपयुक्त उम्मेद्वार हुन्’ अमेरिकन इकोनोमिक एशोसिएसनले उल्लेख गरेको छ ।

सन् १९८० मा जन्मिएका ३७ वर्षीय पराग पाठक बुबाआमा काठमाडौंबाट अमेरिकाको न्युयोर्क शहर सरेपछि त्यही बाल्यकाल बिताए थिए । उनले हावर्ड विश्वविद्यालयबाट एप्लाईड म्याथम्याटिक्स विषयमा स्नातक र स्नातकोत्तर समेत गरेका छन् ।

‘द पाउल एन्ड डेजी सोरोस फेलोसिप फर न्यू अमेरिकन’ नामक छात्रवृत्ति पाएर सन् २००७ मा उनले व्यवसायिक अर्थशास्त्र (बिजनेश इकोनोमिक्स) विषय विद्यावारिधी गरेका पाठकले सन् २००२ देखि सन् २००३ सम्म उनले अमेरिकाकै युनिभर्सिटी अफ टलजमा भिजिटिङ फेलाको रुपमा सेवा गरेका थिए । त्यहाँ नोबेल पुरस्कार विजेता जिन टिरोलसँग पनि उनले अर्थशास्त्र विषयको अध्ययन गरेका थिए ।