२२ कार्तिक २०८३, आइतबार

सडक उद्घाटन भएको १४ दिनमै जीप दुर्घटना, एकजनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोल्पा, ८ बैशाख । चैत्रको २५ गतेदेखि जीप संचालनमा आएको रुकुमको त्रिवणीदेखि डोल्पाको खदाङ्गसम्मको सडक खण्डमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चालकसहित २ जना गम्भीर घाइते भएका छन् ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ खदाङ्बाट रुकुमको त्रिवेणीतर्फ जादै गर्दा त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मै पर्ने करवगार्डको चिण्डेबगरमा शनिवार विहान ९ बजे तिर लु १ च ५४६७ नम्बरको जीप दुर्घटना भएको थियो । दुर्घटनामा रुकुम आटवीसकोट नगरपालिका वडा नम्बर ९ की ६० वर्षीया रामकला जैसीको मृत्यु भएको छ ।

दुर्घटनामा दैलेख चामुण्डा बिन्दासैनी ९ का चालक वीरबहादुर थापा र डोल्पा त्रीपुरा सुन्दरीनगरपालीका वडा ५ की २७ बर्षीया विष्णुरुपा बोहोरा गम्भीर घाईते भएका छन् । अर्का रुकुम आठबिसकोटका १८ का १८ बर्षका जयबहादुर थापा सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका निमित्त कार्यालय प्रमुख यमबहादुर मल्लले जानकारी दिए ।

जीप बाटोबाट करिव ३५ मिटर तल खोलामा खसेको छ । दुर्घटनामा गम्भीर घाईते चालक वीरबहादुर थापाको टाउकोमा गहिरो चोट लागेको छ । घाइतेहरुको उपचारको लागि नजिकको स्वास्थ्यकेन्द्र आठविसकोट नगरपालिका राडिज्युला रुकुमतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

मृतक रामकला जैसी जाजरकोट–दुनै मोटरबाटोको सिरिविण्डे त्रिपुराकोट मोटरबाटो निर्माणमा काम गर्दै आएकी थिइन । उनी घरतर्फ जाने क्रममा जीप दुर्घटनामा परेकी हुन् ।

यो भन्दा पहिले पनि त्यस सडक खण्डमा ट्याक्टर पनि दुर्घटना भएको थियो । रुकुमको त्रिवेणीदेखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ सम्म १४ किमी रहेको सो सडक खण्ड गत चैत्र २५ गते हर्षोल्लासका साथमा भव्य रुपमा उद्घाटन भएको थियो । पुर्व शान्तिमन्त्री तथा प्रतिनिधि सभाका सदस्य सत्य पहाडीमार्फत सो सडकको उद्घाटन भएको थियो ।