–मिना बुढाथोकी
सल्यान, ८ वैशाख । सल्यानको सल्लीबजारमा ४५ दिने व्युटिपार्लर तालीम सकिएको छ । बन्गाड कुपिण्डे नगरमा महिलाको जिविकोपार्जनमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ घरेलु तथा साना उद्योग विकास समिति सल्यानको आर्थिक सहयोगमा तालीमको आयोजना गरिएको थियो ।
तालीमको समापनमा बोल्दै बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द कुमार पुनले महिला सिप विकास र आत्म निर्भरताको लागि नगरले पनि यस्ता कार्याक्रमलाई सहयोग गर्ने बताए । सो तालीमबाट स्थानीय स्तरमा व्यवसायिकरुपमा सञ्चालन भएको आफुले देख्न चाहेको बताउनु भयो ।
महिलाहरु सक्रिय हुने जुन सुकै पेशा व्यवसायीलाई नगरपालिकाबाट पुर्ण सहयोग हुने नगर प्रमुखको भनाई रहेको छ । तालीमलाई व्यवसायीक रुपमा लगेर आर्थिक उपार्जनको माध्यम बनाउन घरेलु तथा साना उद्योग विकास समिति सल्यानका प्रमुख प्रदिप न्यौपानेले जोड दिए । तालीमको समापनमा प्रशिक्षक रिता पन्त, जन प्रतिनिधी, शिक्षक महासंघ नगर संयोजक अकबर पुन लगाएतले बोलेका थिए । साथै घरेलुले व्युटि पार्लर व्यवसायीको लागि आवश्यक सामग्री समेत प्रदान गरेको छ ।












प्रतिक्रिया