
काठमाडौं, ८ वैशाख । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले मिडिया नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध लेख्न डराएको आरोप लगाएका छन् ।
कांग्रेस काठमाडौं जिल्ला भेलालाई शनिबार सम्बोधन गर्ने क्रममा देउवाले अधिनायकवाद आएको बताए । ‘बामपन्थीले अधिनायकवाद लाद्न थाले । यहि हो, अधिनायकवाद भनेको’, देउवाले थपे,‘राष्ट्रिय अनुसन्धान, अख्तियार दुरूपयोग अनुसन्धान आयोग सबै ओलीको माथाहतमा लगिएको छ । मिडिया लेख्न डराइसके ।’
उनले कांग्रेसभित्र आरोप र प्रति आरोप भन्दा पनि एकजुट भएर अहिलेको सरकारलाई विस्थापित गर्नेगरी लाग्नुपर्ने बताए । आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी कांग्रेस सक्रिय हुन आवश्यक रहेको उनले बताए ।












प्रतिक्रिया