२२ कार्तिक २०८३, आइतबार

हनुमन्ते सफाइ अभियानमा १०१ टन फोहोर संकलन

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर: रमेश गिरी/रासस

भक्तपुर, ८ वैशाख । २०७५ साललाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै सफाइ अभियानलाई तीव्र पारिएको छ ।

अभियान अन्तर्गत सूर्यविनायक नगरपालिकाको नेतृत्वमा हनुमन्ते सफाइ अभियानको शनिबार आठौँ हप्ता मध्यपुरथिमिको लोकन्थली र ललितपुरको टीकाथलीको सिमानामा हनुमन्ते नदी सफाइ गरिएको हो ।

सफाइको अगुवाइ गर्दै कलाकार दिनेश डिसीले १०० हप्ताको हनुमन्ते सफाइ अभियानले सार्थकता पाउनुपर्ने बताउँदै नदीलाई सधैँ सफा राख्न स्थानीयवासीले फोहर फाल्न रोक्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले २०७५ साललाई हनुमन्ते सफाइ वर्षको रुपमा मनाउने घोषणा गरिएको बताउँदै अब जनता नदी सफा राख्न आफै जाग्नुपर्ने बताउनुभयो ।

गत फागुन १९ गतेदेखि हरेक साताको शनिबार हुँदै आएको हनुमन्ते सरसफाइ अभियानमा सूर्यविनायक नगरपालिका, मध्यपुर थिमि नगरपालिका, विभिन्न गैरसरकारी संघ संस्था, विद्यार्थी, स्थानीयवासी लगायत करीब ५०० जनाको सहभागिता रहेको थियो ।

शनिबारको हनुमन्ते सफाइमा ११ टन फोहोर संकलन गरिएको अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो । उहाँले अभियानमा उत्साहजनक रुपमा सहभागिता बढेको बताउँदै अहिलेसम्म १०१ टन फोहोर संकलन गरिसकेको जानकारी दिनुभयो । –रासस