२२ कार्तिक २०८३, आइतबार

जिप दुर्घटनामा एक महिलाको मृत्यु, तीन घाइते

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोल्पा, ८ वैशाख । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ मा पर्ने करोपगाडमा शनिबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

खदाङको हरियापानीबाट यात्रु बोकेर छिमेकी जिल्ला रुकुमको गोतामकोट तर्फ गइरहेको लु १ च ५४६६ नं को जिप दुर्घटना भएको हो । दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुकुम जिल्ला आठबिसकोट–९ बस्ने ६० वर्षीया किरामकला जैसी रहेकीछन् । त्यस्तै घाइते हुनेमा दैलेख चामुण्डा विन्द्यासैनी नगरपालिका–९ का जिप चालक वीरबहादुर थापा, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– ५ का २७ वर्षीया विष्णुरुपा बोहोरा र रुकुम जिल्ला आठबिसकोट नगरपालिका–६ का १८ वर्षीय जयबहादुर थापा रहेको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यामबहादुर मल्लले जानकारी दिनुभयो ।

घाइते थापा र बोहोराको अवस्था गम्भिर र जयबहादुर थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । –रासस